कथा


1 comment:

  1. ⎕ स्थिति
    Of man’s first disobedience and the first
    Of what forbidden tree, whose mortal taste
    Brought death into the world…. [Milton’s Paradise Lost]

    उ माथि परमपिता परमेश्वर हाँसिरहेछन्। म धन ‘निर्दोष’ सुब्बा यहाँ कथा बाँचिरहेछु। उ तल मान्छेको एउटा सिङ्गो जमात चिच्याइरहेछ।

    आशामुखी जमातको एउटा विकराल रुप त्यहाँ उभिरहेछ। जमात चिच्याइरहेछ –

    “हामी वर्जित फल भएपनि खान्छौं खान्छौं!”
    “वर्जित हामी भएपनि फल खान्छौं खान्छौं!”

    परिश्रम गर्ने हातहरू बेकार छन्। बिचरा हातहरू थापिएर ओघटिन लाचार छन्।

    “आखिर जीवन खानसम्मलाई न हो;
    हामी वर्जित भएपनि फल खान्छौं खान्छौं।”

    तल त्यो जमात त्यसरी चिच्याइरहेछ। यहाँ म यसरी कथा बाँचिरहेछु। उ माथि परमपिता परमेश्वर हाँसिरहेछन्।

    ReplyDelete